सभासद किरण गुरुङले आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न सदन सडक दुवै संघर्ष आवाश्यक रहेको बताएका छन् । पोखरेली तमुहरुले पहिलो पटक संयुक्त रुपमा बुधवारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आयोजित ल्होछार मेलाको समापन कार्यक्रममा पुस १६ गते सम्बोधन गर्दै प्रमुख अतिथी गुरुङले नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न आदिवासी जनजाति सभासदसभा ककसले सदनमा पार्टी भन्दामाथि उठी दवाव दिइरहेको जानकारी गराए ।
एमालेका केन्द्रिय सदस्य समेत रहेका गुरुङले डा. बाबुराम भट्टराई सरकारले आदिवासी जनजातिलाई अधिकार दिन नचाहेको आरोप लगाउदै त्यसका विरुद्ध ककस सघर्षरत रहेको बताए । मेलामा आज आयोजित रस्साकस्सी प्रतियोगितामा दुधपोखरा तमु समाज प्रथम हुदै ४ हजार र गुरुङ फिल्म एशोसियसन नेपालका टोली २ हजार प्रमाणपत्रबाट पुरस्कृत भयो ।
यसैगरी घैटो फुटाउने खेलमा दुधपोखरी तमु समाजकै जुमप्रसाद तमु घैटो फुटाउदै पुरस्कृत भयो । तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले स्थापना गर्नुभएको कर्णेल तीर्थकुमारी समाज सेवा सम्मानबाट विगत १८ वर्ष तमु धिँ नेपालको कोषाध्यक्षमा कार्यरत क्याम्पटेन अमरबहादुर तमुलाई १७ हजार रुपैया सहित सम्मान पत्रले तमु िधंका अध्यक्ष कर्म तमु र छोरा आशिक तमुले सम्मानित गरे ।
यसैगरी मजु तमुलाई आकृति छात्रवृत्ति समिर तमु र पुजा तमुलाई तमु िधं छात्रवृत्ति पाँच पाँच हजार प्रदान गरियो । यसरी नै तमु विद्यार्थी समितिद्धारा स्थापित सुनिल छात्रवृत्तिबाट कालिका उच्च माविका आसबहादुर तमु र राष्ट्रिय उच्च माविका अमिर तमुलाई पाँचपाच हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक चन्द्रा तमु, निरीक्षक रविन्द्रमान तमु, मिस तमु कल्पना तमु, फष्ट रनरअप अनुजा तमु, सेकेण्ड रनर अप सुष्मा तमु, मिस तमुस्योका फष्ट रनर अप रजनी तमु, सेकेण्ड रनरअप रीना तमु, लोक श्रष्टाहरु लोकबहादुर तमु, पि्रतम तमु, खुशीमान तमु, माया तमु, उमा तमु, मनोज तमु, लोकपि्रय वर्ष खेलाडी सिपोरा गुरुङ सम्मानित भइन ।
यसैगरी उच्च शिक्षा हासिल गरेका डा.शारदा तमु, डा.इश्वरमान तमु, तुलाचन्द्र तमु, ईजनियरहरु आशिक तमु, अमृता तमु, खुशीमान तमु, एमबिए उतिर्ण गरेका शोभा तमु सम्मानित भए ।
मेला मुल आयोजक समितिका संयोजक कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु नृत्यमा विजेताहरुले नृत्य प्रस्तुत गरेका थिए भने पदम तमु, शंकर विरही तमु, माया तमुले दोहोरी गीत र मनोज तमु, माया तमु, उमा तमु लगायतले गीत प्रस्तुत गरेका थिए ।
हुम तमु\पोखरा
