यस्तो रह्यो पोखरामा तमु ल्होछार मेला (तस्विर सहित)

Read Time:5 Minute, 41 Second

पोखरेली तमुहरुले बुधवारदेखि पोखरा प्रर्दशनी केन्द्रमा आयोजित मुपि्र ल्होछारको तेश्रो दिन ल्होछार शुभकामना आदानप्रदान तथा चियापान खुल्ला छेलो १२ बर्ष मुनिका बालवालिकाहरु विच तमु भाषा भेषभुषा एकल तथा समुहगत नृत्य सम्पन्न भयो ।  मुपि्र ल्हो आगमनसँगै आजैविहानै पच्यु गुरु कुलप्रसाद तमु ,क्ल्हेव्री गुरु देवबहादुर तमु र लामा गुरु गोपाल तमुले छ्योपा त्हे थासो फाल्ने ग्रहशान्ति पुजा गरी रुप लगाए ।  

यसैगरी मेलाका मुल आयोजक समितिका संयोजक कर्म तमुको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा तमु धिँ युकेका प्रतिनिधी मेजर लक्ष्मीप्रसाद तमु, थकाली सेवा समितिका अध्यक्ष अम्बर तुलाचन, ह्योल्मो सेवा समाजका अध्यक्ष खड्कबहादुर ह्योल्मो, मार्फा थकाली सेवा समितिका नरेन्द्र लालचन, किराँत सेवा समाजका पुरन राइ, भुजेल सेवा समाजका मनबहादुर भुजेल, ङ्योए तमु धिँ लेखनाथका अध्यक्ष जंगबहादुर तमु, तिन गाँउले थकाली सेवा समाजका गणेश थकाली, तामाङ घेदुङ कास्कीका अध्यक्ष दिपक तामाङ, नेपाल तमु संघका जितबहादुर तमु, पहार ट्रष्टका चन्द्रबहादुर तमु, आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, आयोजक समितिका सदस्य सचिव तथा तमु धिँ नेपालका महासचिव देविराज तमुले शुभकामना व्यक्त गरेका थिए ।


तस्विर:हुम तमु

यसैगरी तमु धिँ नेपालका महासचिव देवीराज तमुले स्थापना गरेको भिमबहादुर खुल्ला छेलो प्रतियोगितामा हिमाली गुरुङ परिवारका सन्दिप तमु प्रथम पादी तमु समाजका निरज तमु द्धितिय र सिर्जनशील युवा क्लव नागिधारका गोपाल तमु तृतिया भए । प्रथम भएका सन्दिपले ४ हजार निरजले २ हजार र गोपालले १ हजार रुपैया सहित प्रमाणपत्रबाट मेलाका संयोजक कर्म तमुले पुरस्कृत गरे । दीप तमु समाजका अध्यक्ष कमल तमुको संयोजकत्वमा छेलो प्रतियोगिता सम्पन्न भएको थियो ।

मेलामा आयोजित १२ बर्षमुनिका बालबालिका विचको तमुभाषा भेषभुषा प्रतियोगितामा रिभानचौर नाथु प्रल्हाद परिवारका आकृति र असिमको जोडी प्रथम हुदै पाँच पाँच सय तमु सेवा समितिका सिद्धार्थ र साराको जोडी द्धितिय हुदै चार चार सय र हिमाली गुरुङ परिवारका लप्सन र सुकलक्षणा तमु तृतिया हुदै तीन तीन सय सहित प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगिता हरिमायाा तमुको संयोजनमा सम्पन्न भएको थियो ।


कार्यक्रममा सितोरियो कराँतेका खेलाडीहरुले फत्तबहादुर तमुको अगुवाईमा तरबार खेल पेटमाथि मोटरसाइकल दौडाउने घैटो फुटाउने काता बुन्काइ लगायत प्रस्तुत गरेका थिए ।

यसैविच गरिब तथा जेहेन्दार तमु विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न तमु प्ये ल्हु संघ कास्कीका पुर्व सचिव खोमप्रसाद तमुको  तर्फबाट स्वर्गीय आमाको स्मृतिमा विद्यार्थी छात्रवृत्ति अक्षयकोषका लागि तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष क्या।इन्द्रबहादुर तमुलाई १ लाख एक हजार एक सय एघार रुपैया प्रदान गरे  ।

यसैगरी आजै आयोजित तमु नृत्य प्रतियोगितामा तरेली साँस्कृतिक परिवार प्रथम हुदै १५ हजार चिसापानी तमु समाज द्धितिय हुदै १० हजार जनपि्रय तमु समाज तृतिय ५ हजार पाख्रीबोट तमु समाज सान्त्वना हिमाली गुरुङ परिवार उत्कृष्ठ भेषभुषा रविन तमु उत्कृष्ठ नृत्य निर्देशक हुदै पुरस्कृत भए भने एकत तर्फ विष्णु तमु प्रथम हुदै ५ हजार सुजित तमु द्धितिय हुदै ३ हजार प्रतिमा तमु तृतिय हुदै २ हजार र सृजना श्रीस सान्त्वना घोषित हुदै एक हजार रुपैया प्रमाणपत्र सहित पुरस्कृत भए  ।

कार्यक्रममा चर्चित गायक शिव परियार आधा दर्जन भन्दा वढी गीत गाएर साँगितीक माहौल तताएका थिए भने  गण्डकी तारा मनोज तमु लगायतले गीत प्रस्तुत गरेका थिए ।

हुम तमु\पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %