हत्यारालाई कारवाही नगर्दा कथित दलितमाथिको कुटपिट जारी

Read Time:1 Minute, 27 Second

कालीकोटमा दलित भएकै कारण हत्या गरिएको मनवीर सुनार घटना नसेलाउँदै तनहुँ अर्को अमानवीघ घट्ना दोहोरिएको छ । घाँसीकुवा-१ नाहालास्थित २७ वर्षीया माया विकलाई पुस १० गते धारामा पानी भर्ने क्रममा निर्घातरुपमा कुटपिट गर्ने चार जनामध्ये दुईलाई प्रहरीले पुस १२ गते पक्राउ गरेको हो । अमित श्रेष्ठ र उनकी छोरी आराधनालाई  प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटबाट मायाको टाउको देब्रेहात र घाँटीमा गम्भीर चोट लागेको छ । सार्वजनिक धारोमा पानी थाप्न लाग्दा उनीमाथि चार जनाले कुटपिट गरेको प्रहरी नायब उपरीक्षक गौतमराज कट्टेलले जानकारी दिए ।

दलित हत्यारालाई वाबुराम भट्टराई नेतृत्वको सरकारले कुनै कारवाही नगर्दा यस्ता घट्ना दोहोरिएको हो । कालीकोटमा सुनार मार्नेलाई कारवाही गर्न माग गर्दै बाग्लुङ्ग, पाल्पा बन्द, व्यवस्थापिका संसद अवरुद्ध हुँदा पनि सरकारले हत्यारालाई कारवाही गर्न सकेको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %