विभिन्न सन्चारमाध्यममा कार्यरत नेवा पत्रकारको भेलाले पदम श्रेष्ठको संयोजकत्वमा नेवाः मिडिया क्लब गठन गरेको छ । पुस १२ गते गठित क्लबको सहसंयोजकमा सन्ध्याटाइम्सका कृष्ण प्रजापति, सचिवमा फोटो पत्रकार आशाकाजी महर्जन, कोषाध्यक्षमा उपत्यका एफएमका शर्मिला सुवाल रहेका छन् ।
क्लबको सदस्यमा कीर्तिपुर टेलिभिजनका नवीन जोशी, अनलाइन खबरका प्रज्वल शाक्य, इसिआर एफएमका रोजा श्रेष्ठ र गोरखापत्र दैनिकका फोटो पत्रकार नातिकाजी महर्जन रहेका छन् । भेलाले कुमार रिाजत र सन्तकुमार महर्जनलाई सल्लाहकार चयन गरेको छ । क्लबको संरक्षकद्वयमा भीम महर्जन र चक्रमान डङ्गोल रहेका छन् ।
मगर, लिम्बु, किरात राई, तामाङ्ग, थारुपछि नेवार समुदायका पत्रकारहरु संगठित भएका हुन ।
