एथ्निक मिडिया फाउन्डेसनद्वारा साचालित द एथ्निक भ्वाइस अनलाइन रेडियो र द एथ्निक बुलेटिनको एक समारोहबीच विमोचन गरियो । पुस ११ गते राजधानीमा अनलाइनको उद्घाटन गर्दै डा कृष्णबहादुर भट्टचनले मुलुकको विकासमा साचारकर्मीको भूमिका पहरेदारको रुपमा रहनु पर्ने धारणा राखे ।
वेस्टर्न मिचिगन युनिभसर्िटीका प्रा डा महेन्द्र लावतीले राज्य पुनःसंरचना समावेशीका आधारमा गर्नुपर्नेमा जोड दिँदै समावेशी भएन भने फेरि द्वन्द्व चर्केनेतर्फ दलहरु सचेत हुनुपर्ने र सरकार जनताप्रति समर्पित भई प्राकृतिक स्रोत र साधनलाई परिचालन गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
