धर्मनिरपेक्षताको व्यवहारीक कार्यान्वयन नभएकोमा कडा आपत्ति

Read Time:1 Minute, 37 Second

सभामुख सुवास नेम्वाङले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरिए पनि त्यसको व्यवहारिक कार्यान्वयन नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय ख्रीष्टियन महासङ्घले मंसिर १० गते आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेम्वाङले संविधान जारी भईसकेपछि भने कसैले नचाहेपनि धर्मनिरपेक्षता कार्यान्वयन हुने धारणा राखे ।

ख्रीष्टियन समुदायको माग प्रति आफ्नो सदासयता रहेको बताउँदै नेम्वाङले विगतमा ख्रीष्टियन समुदाय र सरकारसँग भएको सम्झौता लागु गराउन आफ्नो सहयोग रहने उल्लेख गरे । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले धर्मरिपेक्षता घोषणा भएपनि त्यसले व्यवहारिकता पाउन नसक्दा ख्रीष्टियन समुदायले दुःख पाएको धारणा राखिन ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाले ख्रीष्टियन समुदाय विभेदमा परेकाले उनीहरुको धर्म आस्था र परम्पराको सम्मान गर्नुपर्नेमा जोड दिए । धर्म निरपेक्षताको घोषणा भएपनि त्यसको व्यवहारिक कार्यान्वयन हुन लामो समय लाग्ने भएकाले धैर्यता आवश्यक भएको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %