प्रधान न्यायधीश खिलराज रेग्मीले कानुन र संबिधानलाई हेरेर संबिधानसभाको म्याद ६ महिना भन्दा बढी नथप्न सबोच्चले आदेश दिएको बताएका छन् । जनआन्दोलनको मर्म र भाबनालाई संझेर पनि राजनीतिक दलहरुलाई जनभावना अनुसार अघि बढ्न निर्देशन दिएको उनको भनाई थियो ।
नेपाल पत्रकार महासंघ पाल्पाले पुस १० गते तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कायक्रममा बोल्दै प्रधान न्यायधिश रेग्मीले बाहिरी हल्ला र हचुवाको भरमा न्यायाधिस र कर्मचारीलाई कारबाही नगर्ने जानकारी दिए । कारबाहीको कुराले पत्रपत्रिकामा आफ्नो तारिफ भएपनि त्यसले न्याय प्रणालीमा दिर्घकालिन असर पर्ने रेग्मीको भनाई छ ।
न्यायधिशको आत्मबल गिराउन नहुने भन्दै उनले नराम्रा कार्यको लागी निरुत्साहित गर्ने अन्य बिकल्प भएको उल्लेख गरे ।न्याय क्षेत्रबाट बिवेकले भ्याएसम्म्ा बिचलन नआओस भनेर देबी देबताको आर्षिबाद मागीरहेको बताउदै उनले राज्य बाट आबश्यक बजेट प्राप्त नहुदा पनि न्यायिक प्रकृयामा सुधार नभएको जानकारी दिए । पाल्पा पोखराथोकमा रहेको बिष्णुउच्च माबिको ५२ औ बार्षिक उत्सब तथा अबिभाबक दिवस कार्यक्रममा सहभागी हुन उनी पुस ९ गते पाल्पा आएका हुन ।
देव पचभैया\तानसेन
