वाहुन समाज नेपाल हुम्ला जिल्ला समितिको अध्यक्षमा मनप्रसाद काफ्ले चयन भएका छन् । सदरमुकाम सिमीकोटमा मंसिर १० गते सम्पन्न वाहुनहरुको भेलाले २३ सदस्यीय समिति गठन गरेको हो ।
नवगठित वाहुन समाजको उपाध्यक्षमा शिवराज शर्मा, सचिवमा मनलाल जैसी, कोषाध्यक्ष जयरुद्ध चौलागाईं, सहसचिव बलराम सजेल रहेका छन् । दलित र जनजातिले वाहुनहरुमाथि उत्पीडन गरेकाले आफूहरु सगठित भउको काफ्लेको भनाई छ ।
