सामुहिक प्रवेशले सार्वभौमसत्तामा असर पर्छ-नेताहरु

Read Time:1 Minute, 21 Second

विभिन्न दलका नेताहरुले समूहगत प्रवेशले राज्यका सम्बेदनशील सङ्गठन ध्वस्त हुने बताएका छन् ।  राजधानीमा पुस ७ गते आयोजित कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन ।
नेपाली काँग्रेस नेता डा रामशरण महतले एमाओवादीले सेनामा समूहगत प्रवेशजस्ता गैरजिम्मेवार निर्णय गरेर देशलाई घेराबन्दीमा पारेको आरोप लगाए ।

पूर्व गृहमन्त्री तथा नेकपा एमाले नेता भीमबहादुर रावलले सुरक्षा निकायमा समूहगत प्रवेशले मुलुकको सार्वभौमसत्ता र अखण्डतालाई नै चुनौती दिने भएकाले निर्णय फिर्ता लिन माग गरे ।

तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष एवम् िसंचाइ मन्त्री महेन्द्र यादवले स्व गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले नै सेनामा मधेसी समुदायलाई समूहगत प्रवेश गराई समावेशी बनाउने निर्णय गरेको दाबी गर्दै अहिले यो विषयलाई नचर्काउन आग्रह गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %