संविधानसभा विरोधी लक्ष्मण थारु समावेशी विधेयकको विपक्षमा

Read Time:1 Minute, 15 Second

नवगठित थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारुले समावेशी विधेयक फिर्ता लिन सरकारसँग आग्ह गरेका छन् । पुस ६ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले विधेयक १५ दिनभित्र खारेज नगरिए तराईमा आन्दोलन गर्ने चेतावनी दिए ।

मधेसका जनजाति तथा थारु समुदाय समेतलाई विधेयकले मधेसी भन्न खोजेको भन्दै त्यो अत्यन्त आपत्तिजनक रहेको उनको भनाई छ । थारुसँगै थरुहट तराई विद्यार्थी युनियन, थरुहट तराई महिला युनियन, थरुहट तराई स्ंस्कृति युनियन, थरुहट तराई युवा शक्ति र थारु आर्टिस्ट समाज पनि विधेयकको विपक्षमा देखिएको हो ।

मन्त्रिपरिषद वैठकले मंसिर ५ गते समावेशी विधेयकलाई अनुमोदन गरेको थियो । मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिबीच गत असार २९ गते भएको सहमतिलाई पालना गर्न पनि पत्रकार सम्मेलनमा थारुले आग्रह गरे  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %