सूर्य माखिम
म र कुमारजी संघीय लोकतान्त्रिक राष्ट्रिय मंच र मंचसम्बद्द संघीय लिम्बुवान राज्य परिसदको जिम्मेवार नेतृत्वमा छौ। संगठनमा अन्तर बिरोध चलेको ५ महिना भयो, फेसबुकमा सामान्य बहस पनि चल्यो तर बहस अन्धा मान्छेले हात्तिको ब्याख्या गरेजस्तो भयो। आजदेखि मैले यो बहसलाई खुल्ला र सार्बजनिक रुपमा ल्याउने निस्कर्समा पुगेको छु । किनभने मिलेर जनाकोलागि निर्वाचान आयोगले हामीलाई १५ दिनको म्याद सहित पत्र पठाएको छ। नमिले निर्वाचान आयोगले बिधिबत रुपम संगठनलाई विभाजन गरिदिने छ. नेतृत्वले कहाँ गल्ति भयो भनेर समीक्षा नगर्ने हो भने काम एकातिर कर्म अर्कोतिर हुनेछ। यो ५ महिनामा मैले कुमारजीलाई लिखित चिठी, एसएमएस, अनलाइनमा बोलाएको छु। कुमारजी बैठक र बहस त टाढाको कुरा बोल्नसम्म तयार हुनुहुन्न। संघठन बिभाजनको संघारमा हुदा लिम्बुवानको मूल नेत्रित्वको हैसियतमा कुमारजीले संगठनलाई मिलाएर लान किन पहल लिनु हुन्न ? नेतृत्वमा बसेपछि प्रसंग्सामात्र चाहिने हो कि गुण र दोषको आधारमा हुने समर्थन या आलोचना दुबैलाई स्वीकार गर्ने? फरक मतलाई लोकतान्त्रिक विधिमा सम्बोधन गर्ने कि निषेध गर्दै जाने ? उहाले अब सार्बजनिकरुमा बोल्नुपर्छ। म छिटैनै किन र कहिले देखी संगठन बिधान, बिधि र बैठकको निर्णय बाहिरगयो भन्ने कुरालाई सार्बजनिक गर्नेछु. निस्पक्ष बहस र सुझाबको लागि सबै संघीय बादी साथीहरुमा सार्बजनिक आग्रहपनि गर्दछु। जसबाट संघीयबादी आन्दोलन र संगठनलाई बिभाजन होइन थप एकीकृत गर्न सकोस।
संघीय लोकतान्त्रिक राष्ट्रिय मंच र मंचसम्बद्द संघीय लिम्बुवान राज्य परिसदको अन्तर बिरोध बारेको हिजोको बिसय प्रवेशको बहसमा धेरै साथीहरुले संघीयताको आन्दोलन र लिम्बुवानको आन्दोलन निष्कर्षमा पुर्याउन संगठन फुटेर होइन जुटेर जानुपर्छ भन्नेनै बहसको केन्द्रमा राख्नु भयो। सबै साथीहरुलाई धेरै धन्यवाद । केही साथीहरुलाई संगठनको अन्तर बिरोध बारे तथ्यगत भन्दा पनि भरमात्मक सुचनाहरु सम्प्रेसण गरिएको रहेछ भन्ने हिजोको बहसमा प्रस्टै देखिन्त्य्हो । बहसमा सहभागी साथिहरुलाई सानो आग्रह छ की भावाबेसमा प्रतिक्रिया दिनुभन्दा अन्तर बिरोध किन भयो बारे हामीलाई सार्बजनिक तथ्य माग्ने सहस देखाउनु भयो भने रचनात्मक हुनेछ, जसले हामीले देखेका लिम्बुवानको सपनाहरुमा के के कारणले अवरोध सिर्जना गर्दै छ भन्ने स्पस्ट हुनेछ।
हिजोबाट सुरु भएको यो सार्बजनिक बहसबाट रुपान्तरण र एकतामा संगठन अघि बढ्नेछ भन्नेमा आजका दिनसम्म बिस्वस्त छु । त्यसैले मैले आज तामांग सालिंगका उपाध्यक्ष सिंगमन तामांग, खम्बुवानका महासचिब किरण खम्बु र मंचका संघीय सदस्य देबेन्द्र चामलिंग लाई सहजीकरणका लागि बिसेस आग्रह गरेको छु । उहाहरुले सबै बिकल्पहरुमा खुल्ला बहस गर्नु हुनेछ । आसा गरौ रुपान्तरण सहित एकताको लागि कुमार जीले पनि पहलकदमी लिनुहुने छ ।
मानव सभ्यताको युगलाई ३ भागमा बिभाजन गरिएको छ । मानव सभ्यताको पूर्व आधुनिककलको मूल विचार धर्म प्रभावी थियो। त्यसबेला सबै कुराहरुको कारक ईस्वरलाई मनिन्थियो । आधूनिककालको प्रारम्भ भएपछि मार्क्सवाद र उदारबादी विचार आयो जसले सबै कुराहरुको कारक ईस…्वरलाई मान्न छोड्यो । अहिले हामी बाचिरहेको विस्वलाई उत्तरआधूनिक युग हो । उत्तरआधूनिक युगको संघीय बिचार आदिबासिबाद हो । आदिबासिबाद बारे आगामी केहि समय पछि बिस्तृत बिमर्स गर्नेछु । अहिलेको बहस विगतकै निरन्तरतामा छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मंच र मंचसम्बद्द संघीय लिम्बुवान राज्य परिसदको अन्तर बिरोध समाधानको लागि तामांग सालिंगका उपाध्यक्ष सिंगमन तामांग, खम्बुवानका महासचिब किरण खम्बु र मंचका संघीय सदस्य देबेन्द्र चामलिंग लाई सहजीकरणका लागि बिसेस आग्रह गरेको थिए । उहाहरुले धेरै पहल गर्नु भयो । कुमार जीले हुन्न भन्नु भएन छ तर निर्बाचन आयोग नेपालमा उसले दिएको १५ दिन म्यादको एकहप्ता अगाडिनै उहाले बिधानत संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको २३ औ पूर्ण बैठकबाट अद्यक्ष पद हस्तान्तरण गरेको १० महिना पछि अहिले पनि म कुमार लिंगदेननै संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको अद्यक्ष पदमा रहेको छु भनी ९ बुदामा काल्पनीक आधारहरू र ८ बुदामा विपक्षीहरू गलत हुन् भनेर निबेदन दिनुभए छ । भोलि आफ्नो भनाइ पेस गर्ने अन्तिम दिन कुमार जीलाई फरक मतका बहुमत नेतृत्वलाई निषेध गर्नु र संगठन अलग गरेरै जानु छ भन्ने प्रस्ट भएपछि आन्तिम दिनमै भएपनि आपनो भनाइ त निर्बाचन आयोग नेपालमा पेस गर्ने पर्ला । यी भनाइहरु लेखिरहदा केहि मान्छेको टाउको दुकाही बन्छ मलाई थाहा छ तर सत्य जबसम्म सार्बजनिक हुदैन र तबसम्म आन्दोलनका अगुवाहरुमा सकारात्मक रुपान्तरण आउदैन । नेताले जन्तलाई असल बनाउने होइन जनता जहिल्यै असल हुन्छन् बरु जनताले नेतालाई असल बनाउनुपर्छ किनभने नेता जहिल्यै असल हुदैनन ।
सोम लिम्बु सेनेहाङ जीले यो भन्दा अगाडिको स्टाटसमा अत्यन्तै ठोस र गम्भीर कुरा उठाउनु भो । ररुपान्तरण हामीमा किन जरुरि छ भने ४० को दसक देखि सुरु भएको नेपालको संघीयबादी जातीय मुक्ति आन्दोलन ७० को दसकमा आउदा पनि किन कुहिरोमा हराएको काग जस्तै हामी र हाम्रो आन्दोलन भैरहेको छ ? हामीले फर्किएर समिक्षा नगरी निस्कर्समा पुग्दैनौ । हामी सत्य कुरा बोल्दा मन सानो पर्छौं र उखान जस्तै कागले कण लग्यो भन्दा कण समौना बिर्संचौ । नेतादेखि कार्यकर्ता, सुभेच्छुक आदि सबैले यी यस्ता चिन्तनबाट रुपान्तरण नहुने हो भने हाम्रो आन्दोलनले भ्रममात्र बन्छ राज्य सत्ता बन्दैन ।
बि पि ले ००४ सालमा कांग्रेस गठन गरेर ००७ सालमा क्रान्ति सम्पन्न गरे । प्रचन्डले ०५२ सालवाट ०६२ सालमा क्रान्ति सम्पन्न गरे । बि पि र प्रचण्डले उठाएको मुद्दा भन्दा नेपालमा संघीयबादी हरुले उठाएका जातीय मुक्ति आन्दोलनका मुद्दाहरू अझै गम्भीर छन् तर किन यो मुद्दा उठाउने नेतृतवले क्रान्ति सम्पन गर्दैनन् ? हामीले सोच्ने कि नसोच्ने ? सोम लिम्बु जी यहि अर्थमा मैले रुपान्तरणको प्रसङ्ग उठाएको हो. जय लिम्वुवान ! संघीय अभिवादन !