बन्दबारे यो फुच्चेलाई के थाला होला ?
तस्विरहरु:-www.rajyasatta.com
हत्या अभियोगमा कारागारमा रहेका तरुण दल चितवनका अध्यक्ष शिव पौडेल मारिएको विरोधमा नेपाल बन्द गरेर नेपाली काँग्रेसले संविधान लेखनमा बाधा पुर् याएको छ । काँग्रेसको बन्दका कारण पुस ४ गते संविधान लेखनसम्बन्धी सम्पूर्ण काम थप्प रह्यो ।
संविधान लेखनमा देखिएको विवादित विषय टुङ्ग्याउन बोलाइएको संवैधानिक समितिको वैठक काँग्रेसले गर्दा बस्न सकेन । समितिका सभापति निलाम्बर आचार्यले काँग्रेसकै कारण संविधान लेखनको लागि बोलाइएको वैठक बस्न नसकेको बताए । जिम्मेवार भनिएको पार्टीबाटै संविधान लेखनमा अवरोध गर्नु दुखद भएको आचार्यले उल्लेख गरे । उनी काँग्रेसकैतर्फबाट समिति सभापति बनेका हुन ।
बन्द: काँग्रेसलाई मस्ती जनतालाई सास्ती
हत्याका अभियुक्त पौडेल थुनामा रहेकै विषयमा मारिएको विरोधमा काँग्रेसले गरेको बन्दका कारणका सबैभन्दा बढी सर्वसाधारण र मजदुर वर्ग मारमा परेको छ । एक दिनको बन्दमा ३० लाख मजदुरको रोजीरोटी खोएिको तथा ६० अर्ब नोक्सान हुने सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन् ।
काँग्रेसका नेताहरुले बन्द शान्तिपूर्ण हुने भनिएपनि जताततै हिँसा र तोडफोड गरिएको छ । काँग्रेसी कार्यकताले जिल्ला अस्पताल कालीकोटको बा १ झ ८६८५ नम्बरको गाडी तोडफोड गरेका छन् ।
बन्दका कारण बनेपामा २५ यात्रु अलपत्र परेका छन् । अस्पतला पर्यटक मात्रै होइन पत्रकारको गाडीलाई समेत बन्दकर्ताले अवरोध गरेको देखिन्छ । सुरक्षार्थ खटिएका प्रहरीहरुका अनुसार काँग्रेस कार्यकर्ता बामपन्थीहरु भन्दा अराजक देखिएका छन् ।
