फिर्के तमु समाजको अध्यक्षमा क्या. डम्बर तमु

Read Time:1 Minute, 29 Second

पोखरा मालेपाटनस्थित फिर्के तमु समाजको २६ औं साधारणसभाले पुनः क्याप्टेन डम्बरबहादुर तमुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजको उपाध्यक्षमा सुवेदार टेकबहादुर तमु, सचिवमा शेरमान तमु, सहसचिवमा चिजकाजी तमु, कोषाध्यक्षमा सुवेदार कृष्णप्रसाद तमु चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा धर्मसिँह तमु, ललितबहादुर तमु, शेरबहादुर तमु, ओमप्रसाद तमु, अनिता कुमारी तमु, पार्वती तमु, किसान तमु, सुकमाया तमु, लालु तमु, जितबहादुर तमु, सुकबहादुर तमु, हिमानसिँह तमु र विष्णुप्रसाद तमु चयन भएका छन् । समाजका अध्यक्ष क्याप्टेन डम्वरबहादुर तमुको अध्यक्षतामा सम्पन्न साधारणसभामा सचिव शेरमान तमु, जुमकाजी तमु, सुवेदार टेकबहादुर तमु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैविच नेपाल टेलिभिजनद्धारा आयोजित छमछमी भाग २ को अन्तिम पाँचमा पुग्न सफल रितु गुरुङलाई भोट गर्न समाजको तर्फबाट उनको आमा कृष्णकुमारी तमुलाई २५ हजार रुपैया सहयोग प्रदान गरेको छ ।

हुम तमु\पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %