परशुराम तामाङ्गले नेतृत्व गरेको ताम्सालिङ राष्ट्रिय दल रसुवाको अध्यक्षमा कासा्रङ तेम्बा तामाङ चयन भएका छन् । धुन्चेमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले हाकु निवासी तामाङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
पार्टी उपाध्यक्षमा आजना लामा, सचिवमा तेम्पासोनाम तामाङ, सहसचिवमा एलिना तामाङ, कोषाध्यक्षमा प्रकाश घले र सहकोषाध्यक्षमा सोनाम तामाङ भएका छन् । नवगठित समितिलार्य पार्टी केन्द्रीय सचिवालय सदस्य तेजेन्द्र लामाले प्रशिक्षण दिएका थिए ।
