माओवादी लडाई कालमा गाईको मासू खाएर हिँड्ने र खान निर्देशन दिने डा बाबुराम भट्टराई नेतृत्वको सरकारले गोरु काटेको आरोप लगाएर आदिवासी जनजाति समुदायका चार युवालाई पक्राउ गरेको छ । खोटाङसदरमुकाम दिक्तेलको माटिकारेबाट दिक्तेल-२ का दिपेश श्रेष्ठ र नवीन गुरुङ दिक्तेल-६ का रामचन्द्र राई र खार्मी-७ का जीतबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
उनीहरुलाई वलजफ्ती पक्रेर जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्लाका विभिन्न पाँचवटा जातीय सङ्गठनले झुठ्ठा मुद्दा लगाएर पक्राउ परेका चार युवाहरुको विनासर्त रिहाइको माग गरेका छन् । आदिवासी जनजाति जिल्ला समन्वय परिषद किरात राई यायोक्खा नेपाल तामाङ घेदुङ नेपाल शेर्पा सङ्घ र नेपाल मगर सङ्घले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै गोरु काटेको निहु बनाएर प्रहरीले पक्राउ गरेका गुरुङद्वय र श्रेष्ठद्वयलाई विनाशर्त रिहाइको माग गरेका हुन् । रिहाई नगरे कडा आन्दोलन गर्ने उनीहरुले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
कालीकोट जुविधाका मनबहादुर सुनारलाई झुक्किएर भान्छामा छोइएको निहुँमा हत्या गर्ने हत्यारालाई केही नगरेको भट्टराई सरकारले जनजातिहरुलाई गोरु काटेको आरोपमा पक्राउ गरेको हो । अदालतबाट मान्छे मारेको पुष्टी भएका वालकृष्ण ढुँगेललाई सरकारी भत्ता र सुविधका दिएर राखेको माओवादी र एमालेको संयुक्त सरकारले जनजातिले गाई गोरु पिट्दा मात्रै पनि जेलमा बस्नुपर्ने विद्येयक संसदमा प्रस्तुत गरेको छ ।
