सरकार र लिम्बुवानवीचको वार्ता निश्कर्षहिन

Read Time:1 Minute, 18 Second

सरकार र सङ्घीय लिम्बुवान राज्य परिषद्बीचको वार्ता असफल भएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा पुस १ गते भएको वार्ता विना निश्कर्ष सकिएको हो ।

राज्य पुनःसंरचना आयोगमा सहभागिता माग्दै चार दिन पुर्वी नेपालका ९ जिल्ला बन्द गराएको परिषदले सरकारको उधारो आश्वासनमै आन्दोलन स्थगित गरेको थियो । शान्ति तथा पुनःनिर्माण मन्त्रालयका प्रवक्ता भरतप्रसाद पौडेलले सरकारसँग भएको सहमतिका विषयमा मन्त्रिपरिषद्को निर्णय गराउनुपर्ने भएकाले पुनः बैठक बस्नेगरी वार्ता स्थगन गरिएको दाबी गरे ।

परिषदका अध्यक्ष सन्जुहाङ पालुङ्वा भने आफ्नो आन्दोलन र माग दुबै प्रति सरकार रत्तिभर गम्भिर नभएको प्रतिकि्रया दिएका छन् । वार्तामा शन्ति तथा पुनःनिर्माण मन्त्री सत्या पहाडी,  बिना विभागीय मन्त्री राजलाल यादव, परिषद अध्यक्ष पालुङ्वा लगायत सहभागी थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %