गाई पिट्नेलाई झ्यालखानामा राख्ने सरकारले मान्छे मार्नेलाई कारवाही नगरेपछि बागलुङ्ग जिल्ला बन्द गरिएको छ । कालिकोट, जुविधा-६ स्थित माईधाराको पसलमा चुल्हो छोएको आरोपमा कुटपीट मनबहादुर सुनारलाई कुटीकुटी मारे मारेको विरोधमा पुस १ गते बागलुङ्ग जिल्ला बन्द गरिएको हो ।
गाई पिट्दा जेल हाल्ने सरकारलाई मान्छे मार्नेलाई कारवाही गराउन दवाव दिने उद्देश्यले बन्द आयोजना गरिएको हो । आफन्तहरुले मृतक सुनारलाई सहिद घोषणा गर्नुपर्ने मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सन्ततिलाई पढाइ र रोजगारको व्यवस्था गर्नुपर्ने लगायतका जातीय विभेदविरुद्धको आन्दोलन सफल बनाउनका लागि सम्पूर्ण सवारी शिक्षण संस्था कलकारखाना र पसल बन्द गरी सहयोग गर्न साजालले सबैसँग आग्रह गरेकॊ थियो ।
सम्बन्धित समाचार
दलित भन्दै शाहीद्वयद्वारा हत्या
