
किरात राई विद्यार्थी संघको अध्यक्षमा धिरेन्द्र रुम्दाली चयन भएका छन् । मंसिर २९ गते काठमाडौंमा सम्पन्न संघको छैठौं राष्ट्रिय सम्मेलनले ३१ सदस्य केन्द्रिय समिति तथा १४ सदस्यीय परिषद सदस्य चयन गरेको छ ।
संघको उपाध्यक्षमा अर्जुन जम्नेली राई, उपाध्यक्ष (उपत्यक)मा दिपेन्द्र रुम्दाली, महासचिवमा विसर्िका राई, सचिवमा उत्तम राई, डेकिन्द्रकुमार राई, कोषाध्यक्षमा रेनुका राई तथा सहकोषाध्यक्षमा मनिदिल्पाली राई चयन भएका छन् ।
क्ठमाडौंमा तीन दिन सन्चालन भएको सम्मेलनले पूर्वी नेपालका १७ जिल्ला समेटेर किरात स्वायत्त राज्य स्थापना गर्न संघ आन्दोलित हुने निर्णय गरेको छ ।
