सर्वोत्कृष्ट संसद सेवा पुरस्कारबाट गोपालबहादुर घर्तीमगर पुरस्कृत भएका छन् । घर्तिमगरले मंसिर २९ गते एक लाख रुपैयाँ राशिको पुरस्कार ग्रहण गरे । पुरस्कार व्यवस्थापिका संसद सेवा दिवसको अवसरमा संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्गले प्रदान गरेका हुन ।
कार्यालय सहयोगी चन्द्रकुमार पोडेले उत्कृष्ट संसद सेवा पुरस्कार प्राप्त गरे । उनले रु. ७५ हजार पाएका छन् भने उपसचिव हीराकाजी तण्डुकार र कम्प्युटर अपरेटर सुरेशराज सेढाँइले संसद सेवा पुरस्कार पाए । सेढाई र तण्डुकारले जनही रु. ५० हजार प्राप्त गरे ।
