नेपाल मगर संघको अधिवेशन सम्पन्न, अध्यक्षमा थापा

Read Time:4 Minute, 31 Second

देव पचभैया
नेपाल मगर संघको अध्यक्षमा महेन्द्र थापा निर्वाचित भएका छन् । मंसिर २९ गते सम्पन्न मतगणनाको परिणाम अनुसार थापाले १ सय ८० मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिस्पर्धी वमकुमारी वुढा मगरले १ सय ४४ मत प्राप्त गरेकी थिइन ।

संघको वरिष्ठ उपाध्यक्षमा वसन्त घर्ति निर्विरोध निर्वाचित भएका छन भने महिला उपाध्यक्ष श्याममाया पुनले १ सय ५८ लिई निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी मनु थापा मगरले १ सय ३८ मत प्राप्त गरेका थिए ।

त्यस्तै क्षेत्रीय उपाध्यक्षहरुमा पुर्वाचलवाट गंगवहादुर थापा, मध्यमाचलवाट चित्रवहादुर लुङ्गेली, पश्चिमाचलवाट वालसिँह काउछा, मध्य पश्चिमाचलवाट गुरुप्रसाद घर्ति र सुदुर पश्चिमाचलवाट तेज तरामी मगर निर्वाचित भएका छन । घर्ति र अर्का प्रत्यासी हरि थापावीच मत बराबर भएपछि गोलाप्रथाबाट घर्तिले बाजी मारेका हुन ।

१२ मगरात भाषिक उपाध्यक्षमा डा. देववहादुर थापा र १८ मगरात भाषिक उपाध्यक्षमा कर्णवहादुर वुढा मगर निर्वाचित भएका छन । काईके भाषिक उपाध्यक्षमा भने कुनै उम्मेद्वारी नै परेको थिएन ।

महासचिवमा नविन रोका निर्वाचित भएका छन । रोकाले २ सय ६ मत प्राप्त गरेका  थियो भने उनका प्रतिस्पर्धी वालकृष्ण काउछाले १ सय ५ मत प्राप्त गरेका छन् । त्यस्तै मुख्य सचिवमा ओम थापा कोषाध्यक्षमा कुलप्रसाद पुन निर्विरोध निर्वाचित भएका छन ।

२ सय ९ को अत्याधिक मतले विजयी हुने संगठन सचिव ज्ञानेन्द्र पुनका प्रतिस्पर्धी तेजेन्द्र खामले ८५ मत प्राप्त गरेका छन् । त्यस्तै प्रचारप्रसार प्रकाशन सचिव माधव दर्लामी १ सय ८९ मत लिई विजयी भएका छन् भने विदेश सचिव रक्षा वहादुर रैका निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै लुम्विनी अचलवाट केन्द्रीय सदस्य पदका लागि पिताम्वर सारु , गमवहादुर थापा, मनकुमारी पाइजा र मिना थापा निर्वाचित भएका छन् ।

नवनिर्वाचित केन्द्रीय समितिको प्रथम वैठक पनि आजै वसेको छ । समितिको अर्को वैठक पौष २० गते केन्द्रीय कार्यालय काठमाण्डौमा वस्ने भएको छ । महाधिवेशनमा देशभरीका ६३ जिल्ला ५ भातगठन र २ विदेशवाट गरी ३ सय १९ जना प्रतिनिधी र १ सय ७ जना पर्यवेक्षकको सहभागीता रहेको छ ।  मंसिर २४ गतेबाट सुरु भएको महाधिवेशनको अर्थमन्त्री बर्षमान पुनले शनिवार उद्घाटन गरेका थिए । ऐतिहाँसिक सहमतिको आधारमा नेतृत्व चयन गर्ने भन्दै लामो समयसम्म प्रयास जारी राखे पनि सहमति हुन नसकेपछि महाधिवेशन निर्वाचन पद्धतिमा धकेलिएको थियो ।  मंसिर २४ गते शुरु महाधिवेशन दुई ढिलो गरी सकिएको हो ।

 

सम्बन्धित समाचार

नेपाल मगर संघ केन्द्रिय समितिको २०१२ यताका सबै सदस्यहरुको नामावली

मगर संघको आशिँक नतिजा प्राप्त

मगर संघ अध्यक्षमा महेन्द्र र बमकुमारीको उम्मेदवारी

मगर नेता होइन मगरको नेता रोजौं !

एमाओवादी विवाद नेपाल मगर संघको महाधिवेशनसम्म

मगरलाई आरक्षण आवश्यक छँदै छैन-वर्षमान पुन

मगर संघको दशौं महाधिवेशन शुरु

देश विदेशका मगरहरु तम्घासमा

मगर संघको केन्द्रीय महाधिवेशन गुल्मीमा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %