नेपाल मगर संघको नेतृत्व चयनका लागि भएको मतदानको आशिँक नतिजा प्राप्त भएको छ । मंसिर २९ गते विहान यो समाचार तयार पार्दासम्म वरिष्ठ उपाध्यक्षमा बसन्ती घर्ति, भाषिक उपाध्यक्ष (वाह्र मगरात) डा. देव थापा, उपाध्यक्ष (सुदुरपश्चिम) तेज तरामी, उपाध्यक्ष (पूर्वाचल)गंगा थापा, कोषाध्यक्षमा कुलप्रसाद पुन चयन भईसकेका छन् ।
यसैगरी केन्द्रिय सदस्यहरुमा मनकुमारी पाइजा (धौलागिरी), सुमित्रा थापा (बागमती), नरबहादुर राना (काठमाडौं उपत्यका), गमबहादुर थापा (लुम्बिनी) निर्वाचित भएका छन् । मध्यपश्चिम उपाध्यक्ष हरि थापा अगाडि रहेका छन् ।
अध्यक्ष महासचिव महिला उपाध्यक्ष लगायतको मत गणना जारी रहेको महाधिवेशनेस्थलबाट डब गर्वुजा पुन मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् । अध्यक्षमा महेन्द्र थापा र बमकुमारी बुढा, महासचिवसमा बालकृष्ण काउछा र नविन रोका, महिला उपाध्यक्षमा मनु थापा र श्याममाया पुनको उम्मेदवारी परेको थियो ।
मतगणना नसकिए पनि अधिकाँश प्रतिनिधिहरु भने घर फर्किसकेका छन् । मंसिर २४ गते गुल्मीको तम्घासमा शुरु भएको महाधिवेशन आज छैठौं दिन नयाँ नेतृत्व चयनपछि सम्पन्न हुँदैछ ।
महाधिवेशन सम्बन्धी पछिल्लो जानकारीका लागि राज्यसत्ता डटकम हेर्दै गर्नुहोला ।
सम्बन्धित समाचार
मगर संघ अध्यक्षमा महेन्द्र र बमकुमारीको उम्मेदवारी
एमाओवादी विवाद नेपाल मगर संघको महाधिवेशनसम्म
मगरलाई आरक्षण आवश्यक छँदै छैन-वर्षमान पुन
मगर संघको केन्द्रीय महाधिवेशन गुल्मीमा
