मगर संघ अध्यक्षमा महेन्द्र र बमकुमारीको उम्मेदवारी

Read Time:2 Minute, 24 Second

नेपाल मगर संघको आगामी कार्यकालको अध्यक्ष पदमा महेन्द्र थापा र बमकुमारी बुढाले उम्मेदवारी दिएका छन् । गुल्मीमा जारी १० राष्ट्रिय महाधिवेशनमा मंसिर २८ गते थापा र बुढाले उम्मेदवारी दर्ता गराएका हुन ।  थापा निवर्तमान पश्चिमान्चल उपाध्यक्ष हुन भने बुढा पुर्व केन्द्रिय उपाध्यक्ष हुन ।

वरिष्ठ उपाध्यक्षमा बसन्ती घर्ति र चुना थापाको उम्मेदवारी परेको छ । महासचिवमा बालकृष्ण काउछा र नविन रोकाले मनोनयन दर्ता गराएका छन् ।  कोषाध्यक्षमा कुलप्रसाद पुन दोहोरिने सम्भावना छ ।  

चुनावी प्रकि्रया शुरु भएपनि नेताहरु सहमतिको प्रयासमा जुटेका छन् । माओवादी काँग्रेस एमाले र जनमुक्ति पार्टीवीच नेतृत्व चयनमा सहमति भए पनि सहमति भन्दा बढी उम्मेदवारी परेपछि थप छलफल गर्नु परेको मगर संघका पूर्व सचिव चन्द्रबहादुर श्रीसले जानकारी दिएका छन् ।  
३६७ प्रतिनिधि रहेको भएपनि महाधिवेशन लम्बिएपछि केही प्रतिनिधिहरु घर गईसकेको आयोजकले जनाएको छ । मतदान हुँदा करिब ३०० मत खस्ने उनीहरुको अनुमान छ ।

मंसिर २४ देखि २७ गतेका लागि निर्धारित महाधिवेशन २८ गतेसम्म पनि सकिएको छैन ।  आयोजकले प्रतिनिधिहरुलाई खानाको समेत व्यवस्था नगर्ने चेतावनी दिएको एक प्रतिनिधिले राज्यसत्ता डटकमसँग गुनासो पोखे । खानाको प्रति छाक रु २०० तिर्नुपर्ने अवस्था आएको ति प्रतिनिधिले नाम उल्लेख नगर्ने शर्तमा बताए ।


सम्बन्धित समाचार

एमाओवादी विवाद नेपाल मगर संघको महाधिवेशनसम्म

मगरलाई आरक्षण आवश्यक छँदै छैन-वर्षमान पुन

मगर संघको दशौं महाधिवेशन शुरु

देश विदेशका मगरहरु तम्घासमा

मगर संघको केन्द्रीय महाधिवेशन गुल्मीमा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %