संघीय लिम्बुवान राज्य परिषदले पूर्वका नौ जिल्लामा गर्दै आएको बन्द चार दिनपछि फिर्ता लिएको छ । सन्जुहाङ पालुङ्वाले नेतृत्व गरेको परिषदले आफ्नो माग पुरा नुहँदै मंसिर २८ गते बन्द फिर्ता लिएको हो । मंसिर २५ गतेदेखिको बन्द सरकारले वार्तामा बोलाउने उधारो आश्वासनमै फिर्ता लिएको हो ।
मंसिर २७ गते मात्रै पूर्वका विभिन्न ९ संगठनले ऐक्यबद्धता जनाएको भोलिपल्ट परिषदपछि हटेको हो । शान्ति मन्त्रालयले पत्र लेखुन भन्दा पहिला नै परिषदले सरकारले आव्हान गरे आन्दोलन फिर्ता लिने घोषणा गरिसकेको थियो ।
वार्तामा बोलाउने उधारो आश्वासनमै लिम्बुवान बन्द फिर्ता
Read Time:53 Second
