नेपाली काँग्रेस केन्द्रिय सदस्य डा शेखर कोइरालाले जातीय आधारमा संघीय प्रदेश निर्माण गरेर आदिवासी जनजातिलाई अधिकार सम्पन्न गराउन नहुने धारणा राखेका छन् । खोटाङको सदरमुकाम दिक्तेलमा मंसिर २७ गते आयोजित अन्तरसंवाद कार्यक्रममा बौल्दै कोइरालाले जातीय सङ्घीयता नेपाली काँग्रेसका लागि स्वीकार्य नहुने बताए ।
कोइरालाले नेपालजस्तो बहुजातीय राष्ट्रलाई जातीय आधारमा राज्य पुनस्रंरचना गर्दा देश टुक्रने सम्भावना रहने दाबी गरे । आदिवासी\जनजाति, दलित, महिला, मधेशी, कर्णालीवासीको अधिकारको नाममा अन्य जातीको अधिकार खोस्न नहुने उनको भनाई थियो ।
आदिवासी\जनजातिले जातीय संघीयताको पक्षमा बोलेर वाहुन र क्षेत्रीलाई विभेद गरेको कोइरालाले बताए । वाहुन क्षेत्री माथिको अन्यायको विरुद्ध नेपाली काँग्रेसले आन्दोलन गर्ने पनि उनले कार्यक्रममा उल्लेख गरे ।
