लिम्बुवानको आन्दोलनप्रति सरकारी वेवास्ता

Read Time:1 Minute, 27 Second

संघीय लिम्बुवान राज्य परिषदले पूर्वाचलका नौ जिल्लामा गरेको बन्दप्रति सरकार पुरै उदासिन देखिएको छ । मंसिर २५ गतेदेखि आव्हान गरिएको बन्दबाट जनजीवन कष्टकर बन्दै गएको भए पनि सरकारले कुनै वास्ता गरेको छैन ।

परिषदका अध्यक्ष साजुहाङ पालुङ्वाले बन्दको पहिलो दिन नै वार्ताको अपेक्षा गरेपनि सरकारले सुनेको नसुन्यै गरिरहेको छ । राज्य पुनःस्थापना आयोगमा प्रतिनिधित्व र ऐतिहासिक पृष्ठभूमिका आधारमा आत्मनिर्णयको अधिकारसहितका लिम्बुवान राज्य घोषणा लगायतमा माग राखेर परिषदले बन्द आवहान गरेको हो ।

बन्दले सबैभन्दा बढी विरामी सर्वसाधारण विद्यार्थी र  काम गरी खाने मजदुरलाई असर परिरहेको छ । तथापि बन्दकर्ता र सरकार दुबैले यसलाई वास्ता गरेको छैन ।

सम्बन्धित समाचार

आन्दोलन गर्दा पनि सरकारले वास्ता गरेन-सन्जुहाङ पालुङ्वा

सन्जुहाङ्ग पालुङ्वाको लिम्बुवान आन्दोलनमा

सरकार र लिम्बुवान परिषदवीच दुई बुँदे सहमति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %