मान्छेलाई दलित र गैर दलित भनेर विभाजन गर्ने घृणित धार्मिक परम्पराका कारण एक नेपालीको निर्मम हत्या भएको छ । चुल्होमा छोएको निहुँमा कालिकोटको जुविथा गाविस-४ का मनवीर सुनारलाई तथाकथित गैर दलित भनाउँदाले हत्या गरेको आफन्तले जानकारी दिएका छन् ।
सुनारलाई जुविथा गाविसका मीनबहादुर शाही र दीपबहादुर शाहीले निर्घात कुटपिट गरेर मारेको मृतकका आफन्त वीरभद्र सुनारले बताए । उनीहरुले मार्ने मनशायले नै कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक होमनाथ निरौला अभियुक्तहरु अहिले प्रहरी खोरमा रहेको बताउँछन् ।
