संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष सन्जु हाङ पालुङ्वाले सरकारले आफुहरुको आन्दोलन प्रति वेवास्ता गरेको बताएका छन् । विभिन्न माग राखेर मंसिर २५ गते आफूहरुले पूर्वका नौ जिल्ला बन्द गरेपनि सरकारले वास्ता नगरेको भन्दै उनले दुःख व्यक्त गरेका हुन ।
राज्य पुर्नसंरचना आयोगमा आफ्नो पार्टीको प्रतिनिधित्व माग गर्दै परिषदले आन्दोलन गरेको हो । २०६४ चैत ६ गते आफूहरुसँग गरेको सम्झौतालाई सरकारले पालना नगरेको उनको गुनासो छ ।
गत कार्तिक ३० गते पनि परिषद र सरकारसँग २ बुँदे सहमति भएको थियो । तर सरकारले परिषदको कुनै पनि माग पुरा गर्नुको सट्टा सोधखोज नै गर्न छाडेपछि पालुङ्वा आक्रोशित बनेका हुन ।
