साकेला नाच्दै किराँत पर्व मनाउँदै

Read Time:1 Minute, 30 Second

किरात समुदायको उधौली पर्व शुरु भएको छ । यसलाई राईले उधौली, लिम्बुले चासोक, सुनुवारले स्याँदर र याक्खाले चासुवा पर्वको रुपमा लिन्छन् । साकेला उधौलीको उपलक्ष्यमा किरात समुदायले आफ्नो सांस्कृतिक भेषभूषमा सजिएर साकेला नाच्दै भव्यरुपले मंसिर २४ गते देश विदेशमा रमाइलो गरेर मनाए  ।

किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्ना इष्टदेवतालाई चढाउने खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा लिने गर्छन् ।  साकेला उधौली २०६८ मूल व्यवस्थापन समितिका संयोजक सुमन राईका अनुसार किरात जातिमा अन्नबाली लगाउने बेलामा उभौली मानिन्छ भने बर्खामा लगाएको बालीनाली भित्र्याइएपछि प्रकृति तथा नयाँ अन्नको पूजा गर्ने परम्परालाई उधौली पर्वको रुपमा मनाउँदै आएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा  सङ्घीय मामिला संविधानसभा संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री गोपाल किरातीले मुलुकमा जातीय पहिचान सहितको सङ्घीयता आवश्यक भएको धारणा राखे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %