मगरलाई आरक्षण आवश्यक छँदै छैन-वर्षमान पुन

Read Time:2 Minute, 24 Second

अर्थ मन्त्री तथा एनेकपा माओवादी स्थायी समिति सदस्य वर्षमान पुन मगरले मगरलाई आरक्षण नचाहिने बताएका छन् । नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशन उदघाटन कार्यक्रमलाई सम्बाधेन गर्ने क्रममा पुनले यस्तो धारणा राखेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुन मगरले मगरहरु पनि प्रतिस्पर्धाबाट आउन सक्नु पर्ने उल्लेख गरे । संविधानसभामा रहेका आदिवासी जनजाति सभासदसभा ककसका पूर्व संयोजक भईसकेका पुनले आरक्षणकॊ भर नपर्न सम्पूर्ण मगरहरुलाई सचेत गराएका छन् । प्रतिपस्र्धा नगरी आरक्षण खोजेर कतिन्जेल बस्ने भन्ने उनको भनाई थियो । राज्य पुर्नसंरचना गर्दा पहिचान र सार्मथ्यलाई जोड दिनुपर्नेमा मन्त्री पुनले जोड दिए ।

मगर संघको अतिथि बन्न पुगेका पुन मगरले मगरको विषयलाई भन्दा माओवादीको आन्तरिक खिचातानी र राजनीतिक विषयलाई बढी समय दिएका थिए । कार्यक्रममा उनले नयाँ संविधान जारी नभएसम्म प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार रहने बताए । पुनले चार दलका शीर्ष नेताहरुलाई राष्ट्रिय सरकारका लागि गृहकार्य गर्न दिएपनि काँग्रेसले हतियार व्यावस्थापनको विषयमा लिएको अडानका कारण सहमतिको सरकार बन्न अझै २/३ महिना समय लाग्नसक्ने धारणा व्यक्त गरे  ।

मन्त्री पुन मगरले  पार्टीभित्रको अन्तरविरोधले देशमा राजनीतिक गतिरोध आउन नदिने भन्दै कुनै पनि पार्टीभित्रको अन्तरविरोधलॆ शान्ति प्रकि्रया र संविधान निर्माणका कुराहरु रोकिन नहुने उल्लेख गरे ।

सम्बन्धित समाचार

मगर संघको दशौं महाधिवेशन शुरु

देश विदेशका मगरहरु तम्घासमा

मगर संघको केन्द्रीय महाधिवेशन गुल्मीमा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %