मगर संघको दशौं महाधिवेशन शुरु

Read Time:2 Minute, 27 Second

नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशन शुरु भएको छ । मंसिर २४ गते गुल्मीको तम्घासमा शुरु महाधिवेशनको अर्थ मन्त्री वर्षमान पुन मगरले एक समारोहका वीच उदघाटन गरेका छन् । प्रमुख अतिथि पुनको मन्तब्य पढ्न यहाँ मगरलाई आरक्षण आवश्यक छँदै छैन-वर्षमान पुन क्लिक गर्नुहोस् ।

उदघाटन सत्रमा बोल्दै संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गी मगरले अरुका लागि धेरै लडेका मगरहरु अब आफ्नै लागि लड्ने बेला भएको धारणा राखे । कार्यक्रममा सभासद थममाया थापा मगर, अमृता थापा मगर, भीमकुमारी बुढा मगर, सभासद प्रदीप ज्ञवाली, गुल्मीका प्रमुख जिल्ला अधिकारी लगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

संघका अध्यक्ष झकबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भीम पुनले स्वागत भाषण गरेका थिए । कार्यक्रम महासचिव बसन्त घर्तिले सन्चालन गरेका थिए ।

उदघाटन सभा शुरु हुनु भन्दा पहिला निश्किएको र्यालीले तम्घास परिक्रममा गरेको थियो । मगरको संस्कृति भेषभुषा झल्काउने विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो ।

मंसिर २५ गतेबाट बन्दसत्र शुरु हुने नेपाल मगर महिला संघकी अध्यक्ष गंगा खासु मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएकी छन् । अध्यक्ष खासु मगरका अनुसार तीन दिनसम्म साचालन हुने महाधिवेशन नयाँ नेतृत्व चयन गर्दैै मंसिर २७ गते समापन हुनेछ ।

इतिहासमा मगर सँघको महाधिवेशन

कहिले        कहाँ
पहिलो                   २०३९         दमौली, तनहुँ
दोस्रो                     २०४२         हैटौडा, मकवानपु
तेस्रो                      २०४५         बाँके, नेपालगाज
चौथौ                     २०४८          काठमार्डौ
पाँचौ                     २०५१           दाङ
छैठौ                    २०५४           हात्तिखोर, नवलपरासी
सातौं                   २०५८           धरान, सुनसरी
आठौं                   २०६०          टीकापुर, कैलाली
नवौं                     २०६३           काठमाडौं
दशौं                    २०६८           तम्घास, गुल्मी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %