
राष्ट्रिय जनमुक्ति पार्टीले सडक संघर्षको तयारी गर्दै एक चरणको भित्ते लेखन अभियान राजधानीमा सम्पन्न गरेको छ । पार्टीले लिएका समसामयिक दृष्टिकोणलाई जनमानसमा आम रुपमा बुझाउन यो अभियानलाई पहिलो चरणमा राजधानीमा सम्पन्न गरिएको सो पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख टोप अस्लामीले जानकारी दिएका छन् ।
मूलुकको प्रगतिको गम्भीर बाधकको रुपमा रहेको र हरेक जसो परिवर्तनसंगै देशमा मौलाउदै गएको भ्रष्टाचारको मुद्दालाई पार्टीले गम्भीर रुपमा उठान गरेको छ । भ्रष्टाचारलाई अन्त्य गर्नको लागि भ्रष्टाचारीलाई देशद्रोही घोषणा गरी मृत्युदण्ड सम्मको सजाय दिने व्यवस्था नयाँ संविधानमा हुनै पर्ने पार्टीको माग रहेकको छ । यसका साथै पार्टीले भित्ते लेखन मार्फत नेपाल भारत सिमा व्यवस्थित गर्नु पर्ने र सिमा व्यवस्थाको लागि दुई देश बीचका नागरिकहरुको लागि न्यूनतम् परिचय पत्रको व्यवस्था तुरुन्त लागु गर्नु पर्ने राष्ट्रिय एकता र दिगो विकासका लागि नीति निर्माण तहमा जातीय जनसंख्याको आधारमा समानुपातिक व्यवस्था र पूर्ण संघीय प्रणाली हुनै पर्ने पूर्ण संघीयता र भ्रष्टाचारमुक्त नेपाल चाहनेहरुको साथी-राष्ट्रिय जनमुक्ति पार्टी नयां संविधानले सबै खाले विभेद र एकाधिकारको अन्त्य र पूर्ण संघीयता सूनिश्चित गर्नै पर्ने जस्ता जनपक्षीय र राज्य पुनःसंरचनासंग विशेष सरोकार राख्ने मुद्दाहरु उजागर गरेको छ ।


राजधानीको महाराजगन्ज क्षेत्रमा-अमेरिकन एम्बेसी र पानीपोखरी क्षेत्रमा चार ठाउँ रत्नपार्क शान्तिबाटिका क्षेत्रमा तीन ठाउँ माइतीघर-थापाथली तीन ठाउँ जावलाखेल-महालक्ष्मीथान क्षेत्र चार ठाउँ धोबीघाट केन्द्रीय कार्यालय छेउँमा दुई ठाउँ कलंकी एक ठाउँ प्रदर्शनी मार्ग र सुनधारा एक\एक ठाउँ गरी बीस ठाउँमा भित्तेलेखन गरिएको छ । अस्लामीका अनुसार बाँकी आवश्यक ठाउँमा ठूलाठूला ब्यानर राखिने भएको छ ।









