संघीय शिक्षा माग्दै शैक्षिक संस्था बन्द

Read Time:1 Minute, 12 Second

संघीय विद्यार्थी युनियनले सङ्घीय शिक्षा प्रणाली लागु गर्नुपर्ने माग राख्दै इलाममा शैक्षिक संस्था बन्द गरिएको छ । युनियनले गरेको एक दिने शैक्षिक हड्तालका कारण मंसिर २२ गते इलामका सम्पूर्ण शैक्षिक संघसंस्था बन्द रह्यो ।

मुलुक संघीयतामा गईसकेको सन्दर्भमा शैक्षिक प्रणाली पनि त्यहि अनुरुपको हुनुपर्ने उनीहरुको माग रहेको छ । युनियनले बहुभाषिक शैक्षिक नीति लागु गर्नुपर्ने, जिल्लामा केन्द्रित गरिएको शिक्षक दरबन्दी परीक्षा स्रोतकेन्द्रमा गर्नुपर्ने, सर्वसुलभ शिक्षा दिलाइनुपर्ने, शिक्षण अनुमति प्रथा खारेज गर्नुपर्नेलगायतका १० बुँदे माग राखेको छ । आफुहरुको माग सुनुवाई नभए थप हडतालका कार्यक्रम सार्वजनिक गरिने युनियन नेता रोशन राईले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %