स्थायनीयमा आदिवासी जनजातिलाई बजेट विनीयोजन गर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले गाउँ समन्वय परिषदले सम्बन्धीत गाविसमा ज्ञापनपत्र बुझाउने भएको छ । महासंघका केन्द्रिय अध्यक्ष राजकुमार लेखीले पुस १ देखि १५ गते भित्र सबै गाउँ समन्वय परिषदलाई ज्ञापनपत्र बुझाउन निर्देशन दिएका छन् ।
गाउँ विकास समिति अनुदान साचालन कार्यविधि २०६६ र स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार जनजातिहरुलाई दिनै पर्ने बजेट पनि सरकारले नदिएपछि आफूहरुले ज्ञापनपत्र बुझाउन लागेको लेखीले बताएका छन् । ज्ञापनपत्र बुझाउँदा पनि आफ्नो माग सुनुवाई भएन भने के गर्ने भन्ने कुरा भने लेखीले निर्देशनमा खुलाएका छैनन् ।
