सुन्दरी प्रतियोगिता छान्ने बाढी नै चलीरहेको अवस्थामा तामाङ्ग समुदाय पनि थपिएको छ । नेपाल तामाङ कला संस्कृति केन्द्र र एभरेस्ट फेसन होमको संयुक्त आयोजनामा यही माघ ११ गते मिस तामाङ प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताका विजेता अर्थात मिस तामाङलाई रु ३० हजार फस्ट रनरअपलाई रु २० हजार तथा सेकेण्ड अरनअपलाई रु १० हजार नगद पुरस्का दिइने आयोजकले जनाएको छ । तामाङ जातिको कला संस्कृति वेशभूषा रीतिरिवाज तथा धर्मलाई युवा जमातमार्फत अन्य जाति तथा आफ्नै जातिमा सामाजिकीकरण गर्ने उद्देश्यले मिस तामाङ प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी छ ।
