६ महिनामा संविधान लेख्ने १३ बुँदे योजना

Read Time:4 Minute, 50 Second

संविधानसभाबाट आगामी जेठ १४ गते भित्र संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी गर्ने गरी ६ महिने कार्यतालिका पारित भएको छ । संविधानसभाको मंसिर २० गते बसेको वैठकले पारित गरेको १३ बुँदे कार्यतालिका यस्तो छ ।

१ राज्यको पुनस्रंरचनासँग सम्बन्धित विषय बाहेक अन्य टुङ्गो लाग्न बाँकी सबै विषयमा तीन हप्ता अर्थात् आगामी पुस १५ भित्र सहमति कायम गर्ने ।

२ विवाद समाधान उपसमितिले दिएको प्रतिवेदनमाथि संवैधानिक समितिले छलफल गरी पुस २० गतेसम्म निर्णय गरिसक्ने ।

३ विवाद समाधान उपसमिति वा संवैधानिक समितिमा थप छलफलबाट टुङ्गो लाग्न नसकी बाँकी रहेको कुनै विषय भए संवैधानिक समितिका सभापतिले संविधानसभाको अध्यक्षको अनुमति लिएर निर्णयार्थ संविधानसभामा पेस गर्ने र संविधानसभाले निर्णय गरी संवैधानिक समितिमा पुस २१ देखि २५ गते भित्र पठाई सक्ने  ।

४ राज्यको पुनस्रंरचनासँग सम्बन्धित विषय बाहेकका अन्य सबै विषयको पहिलो मस्यौदा पुस २६ देखि माघ १५ भित्र तयार गरिसक्ने ।  

५ राज्य पुनस्रंरचना सुझाव उच्चस्तरीय आयोगलाई दुई महिनाको कार्यावधि पूर्वनिर्धारित गरिएकाले सो आयोगले नेपाल सरकार समक्ष पेस गर्ने प्रतिवेदन सरकारले संविधानसभाका अध्यक्ष समक्ष पेस गर्ने दिन माघ १५ गते तोकिएको छ ।

६ माघ मसान्त भित्र आयोगको सुझाव समेतको आधारमा राज्यको पुनस्रंरचना र राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदनलाई अन्तिम रुप दिने ।

७ संवैधानिक समितिले राज्यको पुनसर्ंरचनासँग सम्बन्धित विषयसमेत समेटेर संविधानसभाको पहिलो मस्यौदा फागुन १ देखि १५ गते भित्र तयार पार्ने ।

८ संवैधानिक समितिका सभपातिले संविधानसभाका अध्यक्षलाई सूचना दिई पहिलो मस्यौदा संविधानसभामा फागुन १५ गते पेस गर्ने  ।

९ पहिलो मस्यौदामाथि सभामा सैद्धान्तिक छलफल गर्ने संविधानको पहिलो मस्यौदालाई अन्तिम रुप दिई जनताको राय र प्रतिकि्रया लिनका लािग राजपत्रमा प्रकाशन गर्ने र जनमत सङ्कलन र समन्वय समितिले तयार पारेको कार्ययोजना फागुन १५ देखि २२ भित्र सभामा पेस गरेर  अनुमोदन गर्ने  ।

१० ज्ानमत सङ्कलन र समन्वय समितिले संविधानको पहिलो मस्यौदा आम जनताको राय सुझाव लिनका लागि प्रचारप्रसार गर्ने र आएका सुझाव फागुन २३ देखि चैत १५ सम्म ग्रहण गर्ने  ।

११ सो समितिले जनताको राय सुझावसम्बन्धी विस्तृत प्रतिवेदन तयार गरी सभामा पेस गर्ने उक्त प्रतिवेदनमाथि पूर्ण बैठकमा छलफल गर्ने र जनताको राय बमोजिम परिमार्जन गर्न सुझाव र निर्देशन सहित सभाले संवैधानिक समितिमा  चैत १६ देखि मसान्त भित्र पठाउने ।  

१२ २०६९ वैशाख १ देखि ७ गते भित्र संविधानसभाको निर्देशन बमोजिम संवैधानिक समितिले मस्यौदा परिमार्जन गरी संविधानको विधेयक तयार गर्ने र संविधानसभामा पेस गर्ने  ।

१३ जेठ ८ देखि १४ गतेसम्म संविधानको विधेयक सभासद्लाई वितरण गर्ने सभासद्बाट संशोधन पेस गर्ने संशोधन सहित सभामा धारागत छलफल गर्ने सर्वसम्मति हुन नसकेका विषयमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताले सहमतिको प्रयास गर्ने र प्रस्तावना सहित प्रत्येक धारा पारित गर्ने  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %