
जातीय भाषा संस्कार र संस्कृतिको उत्थान प्रतिभाको प्रुस्फुटन हाम्रो अभियान भन्ने नाराका साथ संचालन भएको मिस मगर लुम्विनी-२०११ को ताज आशा थापा मगरले जित्न सफल भएकी छन् । नेपाल मगर महिला संघ बुटवल नगरसमितिको आयोजनामा भएको मिस मगर लुम्विनी २०११ का ३० जना प्रतिस्पर्धीहरुलाई उछिनेर थापा मगर ताज पहिरन सफल भएकी हुन ।
लुम्विनी अचलका विभिन्न जिल्लाका ३० जना मगर युवतीहरु सहभागी रहेको प्रतियोगितामा फस्ट रनरअप ताज राधा श्रीस र सेकेण्ड रनरप नमिता थापा मगर भएका छन् । विजेताहरुलाई मिस नेपालका फष्ट रनरअफ ॠचा थापा मगरले ताज पहिराई दिएकी थिइन । विजय प्रतियोगिले १५ हजार फष्ट रनरअपले १० हजार र सेकेण्ड रनरअफले ५ हजार प्राप्त गरेका छन् ।

त्यसै गरी पवित्रा थापाले बेष्ट हेयर, मीना आलेले बेष्ट वाक, प्रतिभा थापामगरले मोष्ट पसा्रनिलिटी, करिस्मा रानाले मोष्ट चारमिङ, रिता थापा मगरले वेष्ट प्लाटिङ्ग हेमा थापाले मोष्ट डिस्पिलिङ्ग, निशा पुनले बेष्ट टेनिङ, सुजाता आलेले मोष्ट व्यूटिफूल, सरिता श्रीसले बेष्ट कन्टिडेन्ट, अजली दर्लामीले बेष्ट फोटोजेनिक, अमृता सारुले बेष्ट ईन्टर प्लानिङ्ग, भूमिका घर्तीले वेष्ट मदरल्याण्ड, शोभा थापाले भ्यूस्टाइल र मिस्सी थापाले मोष्ट ट्यालेन्टको उपाधी जित्न सफल भएको छ ।
गोविन्द घर्ति/रुपन्देही
