
राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय कार्यालयले डाक्टर ईन्जिनियर वकिल लगायत अन्य बुद्धिजीविहरु र पार्टीका शुभचिन्तकहरुसँग ुभेटघाट तथा परिचयात्मक कार्यक्रमु सम्पन्न गरेको छ । पार्टी मुख्यालय ललितपुर मंसिर १७ गते आयोजित कार्यक्रममा काठमाडौंमा विभिन्न क्षेत्रमाआवद्ध पार्टीका शुभचिन्तकहरुबीचमा गरिएको सो कार्यक्रममा पार्टीमा प्रवेश समेत भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख टोप अस्लामी मगरले जानकारी दिएका छन् ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टी अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापालॆ अहिले केन्द्रीय नेताहरु अहोरात्र खटेर पार्टीको कार्यक्रमहरु तय गर्दै स्वयं फिल्डमा गई कार्यान्वयनमा लागेको बताए । उनले पार्टीले गत भदौदेखि कार्तिकसम्म ३ महिनाको भाका अभियान साचालन गर्दा अन्य पार्टीबाट प्रवेश गर्नेहरुको लहर नै चलेको र पार्टी संगठनात्मक रुपमा पनि चुस्त र निरन्तर कृयाशिल रहेको हुँदा योजना अनुसारको कार्यक्रमले गर्दा पार्टीको आगामी दिन उज्जवल रहेको धारणा राखे ।

अध्यक्ष थापाले भने, ‘पार्टीले लिएको उद्देश्य र सैद्धान्तिक लाईनले गर्दा नै हाम्रो पार्टीमा प्रवेश हुनेहरुको संख्या बढ्दै गएको छ ।’ नेता थापाले काठमाडौंमा पार्टीले भित्ते लेखन गरी प्रचार अभियानलाई तीव्र बनाएको पनि बताउनु भयो ।
उपाध्यक्ष रविन्द्र सुनारको स्वागत मन्व्य रहेको सो कार्यक्रमलाई पार्टीका स्थायी समिति सदस्य गंगा खासुले सन्चालन र कार्यक्रमको सभापतित्व संघीय परिषदका उपाध्यक्ष केपी पालुङ्वाले गरेका थिए ।


