आफूलाई गान्धीवादी बताउने सभासदविरुद्ध अपहरण मुद्दा दायर

Read Time:1 Minute, 24 Second

आफूलाई महात्मा गान्धीको अनुयायी बताउने सभासद बबन सिँह विरुद्ध नेपाल प्रहरीले अपहरण मुद्दा दायर गरेको छ । पसा्र वीरगाजका ४० वर्षीय राजेशमान सिँहलाई अपहरण गरी हत्या गर्ने प्रयास गरेको भन्दै  राजेशमानले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सभासद सिँहलाई  मुद्दा दायर गरिएको हो ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रहरी प्रवक्ता धिरजप्रताप सिँहका अनुसार सभासद् सिँह लालबाबु शास्त्री र रवी शास्त्रीविरुद्ध यही कात्तिक २७ गते राजेशमान सिँहले किटानी जाहेरी दिएका थिए । प्रहरीले व्यवस्थापिका संसद सचिवालय मार्फत प्रहरीमा बबन सिँहलाई उपस्थितिका लागि पत्र पठाएको छ ।

सभासद हुनुभन्दा पहिला नै विभिन्न मुद्दा लागेका सभासद सिँहले आफूलाई गान्धीवादी नेताको भएको भाषण गर्दै आएका छन् । अन्न हजारेको समेत अनुयायी भएको दाबी गर्ने सिँह भ्रष्टाचार विरुद्ध दुई पटक अमरन अनशन बसीसकेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %