सन्जुहाङ्ग पालुङ्वको सङ्घीय लिम्बुवान राज्य परिषदले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले आफ्ना माग पूरा नगरेको भन्दै मंसिर १४ गते उनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन ।
विज्ञप्तिमा जनाए अनुसार मङ्सिर १४, १५ र १६ गते अरुणपूर्वका नौ जिल्लामा जनप्रदर्शन कोणसभा र राँके जुलुस गर्ने, १७ गते ती जिल्लास्थित राजनीतिक पार्टी र सामाजिक सङ्घसंस्थासंग अन्तरकि्रया गर्ने, मङ्सिर २१ गते सर्वाच्च अदालतमा रिट दायर गर्ने तथा मङ्सिर २५ देखि अनिश्चितकालीन आमहड्ताल गर्ने कार्यक्रम रहेको छ ।
परिषद्ले २०६४ चैत ६ गतेको सहमति पालना गर्न माग गरेको हो । सरकार र परिषदवीच गत कार्तिक ३० गते पनि दुई बुँदे सहमति भएको थियो ।
