पाल्पामा जनमुक्तिको प्रशिक्षण सम्पन्न

Read Time:1 Minute, 16 Second

राष्ट्रिय जनमुक्ति पार्टीले पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा वृहत प्रशिक्षण सम्पन्न गरेको छ । सो पार्टी नेता तथा कार्यक्रम प्रशिक्षक कर्ण सुनारी मगरले दिएको जानकारी अनुसार प्रशिक्षण मंसिर १३ गते खानीछाप गाविसमा सम्पन्न भएको हो ।

नेता सुनारीले नयाँ संविधान निर्माण र शान्ति प्रकि्रयामा जनमुक्तिले खेलेको भूमिकाको विषयमा प्रशिक्षण दिएका थिए । अर्का प्रशिक्षक जनमुक्ति पार्टीका संघीय परिषद सदस्य डिके सूर्यवंशीले पार्टीको आन्तरिक गतिविधि तथा राज्यपुर्नसंरचनाको विषयमा कार्यकर्ताहरुलाई  प्रशिक्षित गरे ।

यसैवीच राजमुपा खानीछाप गाउँ इकास समितिको अधिवेशन सम्पन्न भएको छ । नेताद्वय सुनारी र सूर्यवंशीको आतिथ्यमा सम्पन्न अधिवेशनबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %