‘मुस्लिम आयोग गठन गर’

Read Time:1 Minute, 21 Second

मुस्लिम अगुवाहरुले आफ्नो समुदायत अधिकारका लागि सरकारसँग मुस्लिम आयोग गठन गर्न माग गरेका छन् ।इस्लाम धर्मको नयाँ वर्ष १४३३ को शुभारम्भ र मोहर्रम पर्वका अवसरमा दारुल उलुम फैजुन्नवी जामा मस्जिदद्वारा मंसिर १० गते आयोजित शुभकामना आदान प्रदानकार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन ।  

धार्मिक अल्प संख्यकको रुपमा रहेका मुस्लिम समुदायका लागि अझैसम्म आयोग गठन नहुनु दुर्भाग्यपूर्ण भएको उनीहरुको भनाई छ । जामा मस्जिद साचालक समितिका प्रवक्ता हमिद सिद्धिकीले मुस्लिम समुदायको आपुनो छुट्टै पहिचान भएकाले मधेसी समुदायभित्र सूचीकृत गर्ने कुरा आफूहरुलाई अस्विकार्य भएको बताए ।

कार्यक्रममा जामा मस्जिद सचालक समितिका अध्यक्ष रहमान मिया, अब्दुल अजिज मुसलमान, मोहम्मद हारुन, इरसतअलि कुरैसीलगायतले आयोग तत्काल गठन हुनुपर्ने माग राखेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %