राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदमा मनोनित गर्न बाँकी २० मध्ये ९ सदस्य थपिएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा मंसिर १० गते बसेको स्थायी समिति वैठकले रामु परियार, तेज तरामी, सानुबाबु लामा, लेखप्रसाद गुरुङ्ग, धनध्वज लिम्बु, चन्द्र खापुङ लिम्बु, हस्तबहादुर थापा, मोहन सारु र रुद्र गुरुङ्ग रहेका छन् । ८५ सदस्यीय संघीय परिषदमा ११ सदस्य भैरहवामा बस्ने वैठकबाट मनोनित गरिने भएको छ ।
वैठकले रामबहादुर तुम्बाहाम्फे र रामु परियारलाई स्थायी समिति सदस्यका लागि संघीय परिषदमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टीका निवर्तमान सहअध्यक्ष गोरेबहादुर खपाङ्गीलाई वरिष्ठ नेता बनाउन सकिने पार्टी स्रोतले जानकारी दिएको छ । निवर्तमान महासचिव बयान सिँ राई भने पार्टीको संघीय सभामा रहेर काम गर्न इच्छुक रहेको जानकारी प्राप्त भएको छ । खपाङ्ग र राई दुबै चोथौ महाधिवेशनमा अध्यक्षका प्रत्यासी थिए ।
संघर्ष परिचालन ब्यूरो
पूर्ण संघीयता, जातीय समानुपातीक प्रतिनिधित्व र भ्रष्टाचार अन्त्यका लागि संघर्षका कार्यक्रम सन्चालन गर्न केन्द्रिय संघर्ष परिचालन ब्यूरो गठन गरिएको छ । ब्यूरोलाई निर्देशिका तयार पारेर अधिकार प्रत्यायोजन समेत गरिएको छ । पार्टी महासचिव तथा ब्यूरो संयोजक केशव सूर्यवंशीले पार्टीले आन्दोलनलाई तीव्र गतिमा अगाडि बढाउने बताएका छन् ।
तीन महिने संघर्षका कार्यक्रम सफल बनाउन उपत्यका वाहिर ६ स्थानमा इन्चार्ज खटाइने भएको छ । इन्चार्जसीप स्थायी समितिले गर्ने छ ।
