‘संघीय नेपालमा स्वतन्त्र केन्द्रिय बैंक’

Read Time:1 Minute, 37 Second

नेपाल राष्ट्र बैंकका गभर्नर डा।युवराज खतिवडाले नेपाल संघीयतामा गईसकेको सन्दर्भमा केन्द्रिय बैंकलाई स्वतन्त्र राख्न सुझाव दिएका छन् । नेपाल आर्थिक पत्रकार संघले मंसिर ९ गते राजधानीमा आयोजना गरेको कार्यक्रममा खतिवडाले केन्द्रिय बैंकलाई आर्थिक अनुशासन कायम राख्न जिम्मेवारी सहित स्वतन्त्र राख्नुपर्ने धारणा राखेका हुन ।  
केन्द्रिय बैंकलाई शक्तिशाली राख्दा मौदि्रक नीति कार्यान्वयन, अन्तर्राष्ट्रिय मुद्राको मापन, प्रादेशिक क्षेत्रबाट आउने आर्थिक कि्रयाकलापलाई व्यवस्थापन गर्न सजिलो हुने खतिवडाको भनाई थियो ।

कार्यक्रमका अर्का वक्ता बैकस्र एशोसियसनका अध्यक्ष अशोक राणाले केन्द्रीय आर्थिक नीति मजबुद बनाउन केन्द्रिय बैँकले कडा नीति अवलम्बन गर्नुपर्ने उल्लेख गरे ।  डा.चन्द्रमणी अधिकारी, डा.चिरन्जिबी नेपाल, राजन सिँह भण्डारी, अमृत खरेललगायतले नेपालमा संघीयताको विकल्प नभएको र संघीय व्यवस्थामा आर्थिक नीति कस्तो हुने भन्ने विषयमा आजैबाट छलफल चलाउनु पर्ने धारणा राखे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %