राष्ट्रिय जनमुक्ति पार्टी स्थायी समिति वैठक मंसिर १० गते बस्ने भएको छ । वैठकमा मंसिर ३ गते सम्पन्न संघीय परिषद वैठकले गरेका निर्णय कार्यान्यनका लागि आवश्यक राजनीतिक र प्राविधिक विषयमा छलफल हुने सो पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख टोप अस्लामी मगरले जानकारी दिएका छन् ।
नेता अस्लामी मगरका अनुसार वैठकमा संघीय परिषदमा थपिने सदस्यहरुको विषयमा पनि छलफल हुनेछ । संघीय परिषद वैठकले ६५ सदस्यीय संघीय परिषदलाई ८५ सदस्यीय बनाउने निर्णय गरेको थियो । स्थायी समितिमा फागुन हुने राष्ट्रिय सम्मेलनको विषयमा पनि छलफल हुने भएको छ ।
