सरकारको नुन खाएर प्रचलित कानुनलाई धोती लगाइदिने ३५ हजार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना लिने भएको छ । आर्थिक वर्ष २०६६/६७ समाप्त भएका मितिले ६० दिनभित्र सम्पत्ति विवरण नबुझाएका सर्वाजनिक पद धारण गरेका कर्मचारीहरुलाई जनही रु ५ हजार रुपियाँ जरिवाना गर्न लागिएको आयोगका प्रवत्ता ईश्वरीप्रसाद पौड्यालले जानकारी दिएका छन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा ३ बमोजिम उनीहरु कारवाहीको भागीदार हुने भएका हुन । जनतालाई विभिन्न वहानामा जानी जानी दुख दिने कर्मचारीहरु पहिलो पटक यति ठूलो संख्यामा कारवाहीमा पर्न लागेको हो ।
