एक मात्रै जननिर्वाचित निकाय संविधानसभालाई भंग गर्नुपर्ने माग राख्दै आएको थरुहट तराई पार्टीका केन्द्रीय सदस्य कन्हैयालाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । राप्रपा नेपालका कमल थापाको जस्तै माग बोकेरे हिँडेका थारुलाई मंसिर ८ गते बर्दियाको राधाकृष्ण चोक गुलरियामा पसल बन्द गराउँदै हिँड्दा प्रहरीले गिरफ्तार गरेको हो ।
शाही कालीन पूर्व मन्त्री गोपाल दहित काठमाडौंमा महानगरपालिकाका पूर्व मेयर पिएल सिँह लगायतले पनि संविधानसभा विघटनको माग राखेका छन् । स्मरण रहोस् संविधानसभामा भएको साढे दुई दर्जन दल मध्ये राप्रपा नेपाल मात्रै संविधानसभाबाट संविधान लेखेर जनतालाई अधिकार सम्पन्न गराउनु हुँदैन भन्ने पक्षमा छ ।
