आदिवासी जनजाति प्रतिष्ठानद्वारा आ.व. २०६८/०६९ मा आदिवासी जनजातिहरूको निम्ति लोक सेवा तयारी कक्षा -शाखा अधिकृत र ना.सु. तहको लागि) निःशुल्क सञ्चालन हुन गईरहेको हुँदा सो तयारी कक्षामा सहभागी हुन इच्छुक आदिवासी जनजाति व्यक्तिहरूबाट मिति २०६८ मंसिर ११ गतेभित्र यस प्रतिष्ठानको कार्यालयमा निम्न मापदण्डहरू पुरा गरी निवेदन पेश गर्न हुन आव्हृान गरिन्छ ।
१. सहभागीताको लागि उम्मेद्वारको उमेर पुरुषको ३५ वर्ष र महिलाको ४० वर्ष भन्दा कम उमेरको हुनुपर्ने ।
२. विगतमा यस प्रतिष्ठानबाट सञ्चालन भएका लोक सेवा तयारी कक्षामा संलग्न नभएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ ।
३. शैक्षिक योग्यताको प्रमाणपत्र -शाखा अधिकृत- स्नातक तह/ना.सु.- प्रविणता प्रमाणपत्र तह), आ.ज.सिफारिस प्रमाणपत्र र नागरिकताको प्रतिलिपी निवेदनको साथमा अनिवार्य पेश गर्नुपर्नेछ ।
४. लो.से.आ.को प्रारम्भिक परीक्षा पास गरेकाहरूलाई प्राथमिकता दिइनेछ ।
५. छनौट भई पूर्व तयारी कक्षामा सामेल हुने उम्मेदवारले रु. १०००/- धरौटी स्वरुप -फिर्ता हुने गरी) अनिवार्य यस कार्यालयमा बुझाउनु पर्नेछ । आ.व.२०६८/६९ को लो.से.आ.को विज्ञापनमा फाराम भरेको प्रमाण पेश गरेपछि उक्त धरौटी रकम फिर्ता हुनेछ ।
६. रित नपुगेका निवेदनहरूमाथी छनौटको निम्ति कारवाही नहुने र प्राप्त निवेदनहरू माथि प्रक्रियागत पूणर्ाधिकार यस प्रतिष्ठानमा निहित रहने छ ।
७. छनौट भएका प्रशिक्षार्थीहरूको नतिजा प्रतिष्ठानको सूचनापाटी र निम्न वेभसाईटमा हेर्नुपर्नेछ ।
८. निवेदन दर्ता शूल्क रु. १००/- -एक सय रुपैया मात्र) लाग्नेछ ।
