एक मात्र जननिर्वाचित निकाय संविधानसभालाई भंग गर्न माग गर्दै हिँडेका जनजातिहरुलाई प्रहरीले पक्राउ गरेको छ । संविधान बन्ने लक्षण देखेर आँतकित भएका पूर्व शाही मन्त्री गोपाल दहित, काठमाडौंका पूर्व मेयर पिएल सिँह, थरुहट तराई पार्टी नेपालका लक्ष्मण थारु लगायतलाई मंसिर ६ गते साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं रत्नपार्कस्थित शान्तिवाटीकामा आयोजित मसाल जुलुसपछि गरिएको कोणसभाबाट पक्राउ पर्नेहरुमा भानुराम थारु, मीनराज थारु नेपाल देशभक्त पार्टीका उपाध्यक्ष सुदर्शन सिटौला हीराबहादुर चन्दलगायत रहेका छन् ।
अहिलेसम्मकै सबैभन्दा समावेशी मानिएको संविधानसभाको म्याद थप्न नहुने सर्वपक्षीय गोलमेच सम्मेलन गरी राष्ट्रिय नागरिक सरकार गठन गर्नुपर्ने र गठित राष्ट्रिय नागरिक सरकारले ताजा जनादेशका लागि राष्ट्रिय निर्वाचन गठन गर्नुपर्ने लगायत माग राखेर उनीहरुले मंसिर ७ गते नेपाल बन्दको आव्हान गरेका छन् । स्मरण रहोस् यि सबै माग कमल थापाको राप्रपा नेपालसँग हुबहु मेल खान्छ ।
लक्ष्मण थारुलाई नेपाल देशभक्त पार्टी, तमुवान राष्ट्रिय परिषद्, राष्ट्रिय तामाङ एकता मच, खसान राष्ट्रिय परिषद्, नेपाल देशभक्त राष्ट्रिय युवा बल र संयुक्त आदिवासी सङ्घर्ष समिति समिति लगायतको साथ रहेको छ ।
