अपहरण गर्ने धम्की दिएर चन्दा असुल्दै आएका नेपाल हिन्दु धर्म संरक्षक मन्चका केन्द्रीय सदस्य पुण्डप्रसाद सिग्देललाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्लाको दुलारी-९ ठडियाका सिग्देललाई टेलिफोनमार्फत विभिन्न व्यक्ति र संघसंस्थालाई आतंकित पारेपछि प्रहरी पक्राउ गर्न बाध्य भएको हो ।
सिग्देलले विर्तामोडस्थित गोमेन्द्र उच्च माविसँग रु एक लाख ५१ हजार, होली वसिल झापासँग रु एक लाख १५ हजार, वाल्मीकि नेपाल विर्तामोडसँग रु एक लाख ५१ हजार, गुलाब साह विराटनगरसँग रु दुई लाख र इटहरीका राजेश श्रेष्ठलगायत विभिन्न व्यक्तिसँग भूमिगत गिरोह र हिन्दु सङ्गठनको नाममा चन्दा मागेको प्रहरीले जनाएको छ । सिग्देल २०६१ सालमा डा गीता कार्कीसँग रु ७० हजार चन्दा माग्नेक्रममा मोरङ वन कार्यालय नजिकबाट पक्राउसमेत भइसकेको बताइएको छ ।
