देब पचभैया\पाल्पा
नव जागृती प्राबि चिदीपानी २ धैरेनी पाल्पामा मगर भाषामा पढाउन शुरु भएको ४ बर्ष पुग्यो । खस भाषा नबुझेरै बिधालय आउन नमान्ने आईहालेपनि बिचैमा छोड्ने विद्यार्थीहरु मगर भाषामा पढाउन थालेपछि नियमित स्कुल आउँछन् । नेपाली र अंग्रेजी बाहेक सबै बिषय ४ कक्षासम्म् मगर भाषामा पढाईन्छ ।
एक बर्ष सम्म् नेपाली भाषाकै किताबलाई मगर भाषामा उल्था गरेर पढाए पनि २०६५ साल यता विद्यालय आफैले मगर भाषाको पाठ्य पुस्तक तयार पारेको छ । शुरुमा मुश्किलले सय जना बिधार्थी रहेको नब जागृती प्राबिमा मातृभाषामा पढाउन थालेपछि बिधार्थी संख्या १ सय ३३ पुगेको छ । पहिले विद्यालय आउनै नमान्नेहरु आजकाल सबै आएका छन् । गाउँका विद्यार्थी नआएपछि विद्यालयले चलाउने भर्ना कार्यक्रममा अलिअलि आउथे तर उनीहरु भाषा नबुझेरै घर फर्किन्थे । भर्ना कार्यक्रममा नाम लेख्यो अलि दिन आउला जस्तो गर्यो हामी मिठाई सिठाई बाड्ने गर्दा खेरी अलि अलि आउने त्यपछि छोड्ने नआउने हुन्थ्यो शिक्षिका मना थापा भन्छिन्, ‘आज भोलि गाउमा खोज्न जाने हो घरमा कोही पनि छैनसबै बिधालय आउछ । हाफ छुटीमा भाग्ने चान्स पनि छैन । काम परेमा छुटी मागेर जान्छन् र घरमा कोही पनि बस्दैनन् ।’

१ सय २० घर रहेको धैरेनी गाउँमा सबै मगरहरु छन् । बिधालयका बिधार्थी पनि मगर हुन् । घरमा मगरभाषामा बोल्न सिकेका बालबालिकालाई पहिले विद्यालयमा नेपाली भाषा सिकाउनै समय लाग्यो । त्यसपछि मात्रै किताबका कुरा सिकाउनु पथ्र्यो । तर विद्यालयमा पनि त्यही भाषामा पढाउन पाएपछि बिधार्थीलाई बुझाउन निकै सजिलो भयो ।
पहिले स्कुलै जान नमान्ने गएका पनि फेल भैरहने छोरा छोरी आजकाल नबिराई बिधालय जान थाले पछि अभिभाबक पनि खुसि छन् ५५ बर्षिय चुरा बहादुर गाहा भन्छन् आफ्नै भाषामा केटाकेटीलाई पढाउन पाउदा खुब खुषि लागेको छ ।
६ जना मध्ये ४ शिक्षिका मगर महिला छन् । भाषा नबुझेरै फेल भैरहने बिधार्थी आज काल सरासर पास भएका छन् । कक्षा ४ मा पढ्ने ममता गाहा स्कुलमा मगर भाषाको किताब पढ्न पाएकोमा निकै हर्षित छन् । अरु किताब भन्दा मगर भाषाको किताब पढ्न सजिलो हुन्छ उनी भन्छन्, ‘घरमा पनि मगर भाषा बोल्छौ स्कुलमा पनि मगर भाषाको किताब पढन पाएका छौ यही भएर हामी एक दम खुसि छौ । ‘
मातृभाषाको पढाई प्रति बिधार्थीको आकर्षण बढेपछि पाल्पाका जल पोखरा निमाबि चिदीपानी र हिमालयन प्राबि खानी छापमा पनि दुई बर्ष अघि बाट मगर भाषामै पढाउन थालिएको छ । यहाँ मगर भाषामा पढाई मात्रै हुँदैन टिफिन टाईम पछाडि कार्यक्रम पनि मगर भाषामै सन्चालन हुन्छ । विद्यालयका प्रधानाध्यापक आचार्य भन्छन्, ‘उनीहरु चाहिँ घरमै अलमलाउने नास्ता सास्ता खाने उतै भुल्ले खेल्ने खालको बिगतको परम्परा मातृभाषाको पढाई पछि हटेर गएको छ । बिधालय बाट उनीहरुको ड्रप आउट पनि रोकिएको छ ।’
